काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
विवरण अनुसार फाइनान्सको नाफा घटेको छ । चालु आवमा फाइनान्सले ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.४१ प्रतिशतले कम हो ।
गत आवमा फाइनान्सको नाफा २ करोड १६ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट १८.०९ प्रतिशतले घटेर ५ करोड ३१ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानीमा गिरावट आउनुका साथै सञ्चालन खर्च ४ करोड १५ लाखबाट बढेर ५ करोड २९ लाख रुपैयाँ पुग्दा नाफा घट्न पुगेको हो।
६१ करोड २ लाख चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ करोड ९ लाख रुपैयाँ रहेको छ। वित्तीय विवरण अनुसार फाइनान्सको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ, नेटवर्थ ११९.३१ रुपैयाँ रहेको छ ।


