काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) नेपालको अर्थतन्त्रको मेरुदण्डकोरूपमा रहेकोनिजी क्षेत्रको व्यवसायिक हकहित र सुरक्षाप्रति सधंैप्रतिबद्ध छ।
हालैका घटनाक्रम र हाम्रा पर्वूअध्यक्ष शेखर गोल्छाज्यूका सम्बन्धमा बाहिर आएका विषयहरू प्रति नाडा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण प्रकट गर्दछ।
शेखर गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व हुो।
उनले नाडाको पनि सफल नेतृत्व मात्र गरेका छन्। उनले समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्याको छ। यस्तोगरिमामय इतिहास बाकेको र देशकै ठूलो औद्योगिकघरानाको नेतृत्व गरिरहेको व्यक्तित्व माथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने हाम्रो ठम्याइ छ।
सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा नाडा पूर्ण विश्वास राख्दछ। राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ।
यद्यपि, अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वासलाई खलल पुर्याउँछ।
निजी क्षेत्रलाई उत्साहित बनाउँदैलगानी भिœयाउनुपर्ने समयमा प्रतिष्ठित व्यवसायीहरूमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासकोवातावरण सिर्जना गर्नेछ।
यसले सरकारले अघि सारेको “लगानी मैत्री नेपाल” कोनारालाईसमेत कमजोर बनाउनेदेखिन्छ। अतः नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नपोल सरकार र सम्बन्धित निकाय समक्ष शेखरगोल्छाको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ विनम्रअनुरोध गर्दछ।
दोषी प्रमाणित नभएसम्म उनि जस्तो प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व हो।
अनुसन्धानमा उनलाइ पूर्णसहयोग गर्नेमा समेत हामी विश्वस्त छौँ। निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडा नेपाल सरकारसँग जोडदार माग गर्दछ।


