CLI

स्वस्तिक आयलको साढे १० अर्ब कर्जाका लागि गराएको रेटिङ विथड्र

काठमाडौं । स्वस्तिक आयलले करिब साढे १० अर्ब रुपैयाँ बराबरको कर्जा लिनका लागि गराएको रेटिङ विथड्र (मूल्यांकन फिर्ता) भएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल)ले स्वस्तिक आयलको क्रेडिट रेटिङ विथड्र गरेको हो।

रेटिङ निर्धारणका लागि आवश्यक पर्ने जानकारीका लागि फलोअप गर्दा स्वस्तिक आयले प्राप्त सहयोग नगरेकाले रेटिङ विथड्र गर्नु परेको इन्फोमेरिक्स नेपालले जानकारी दिएको छ।

स्वस्तिक आयलले १० अर्ब ४६ करोड ८० लाख रुपैयाँको कर्जा लिनका लागि रेटिङ प्रक्रिया अघि बढाएको थियो। जस अन्तर्गत लामो अवधिको बैंक सुविधा १ अर्ब १८ करोड ९७ लाख ८० हजार र छोटो अवधिका लागि ९ अर्ब २७ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको छ।

केएल दुगड समूहको स्वस्तिक आयल इण्डष्ट्रिले स्वस्तिक सोयाविन/पामोलिन/सूर्यमुखी तेलसँगै वनस्पति घिउ र तेलको उत्पादन गर्ने गरेको छ। १९८४ मा स्थापना भएको उद्योग मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ मा रहेको छ।

Leave Your Comment

Related News