काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९४ हजार ५ सय रुपैयाँमा कारोबर भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ३० रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।


