CLI

२५.८१ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार नेपाल सट्क एकसेञ्ज (नेप्से) २५.८१ अंकले घटेको छ । बजार २७४४.५ विन्दुमा पुगेरा बन्दा भएको छ । ३५१ वटा कम्पनीको १ लाख ४ हाजर पटक्को कारोबार १ करोड २१ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

मंगलबारको तुलनामा कारोबार रकम घटेको छ । मंगलबार कारोबार रकम ६ अर्ब ५२ लाख ८० हजार रुपेयाँ थियो । सेन्सेटिभ इण्डेक्स ३.०६ अकं घटेको छ भने फ्लोट इण्डेक्स १.७४ र सेन्सेटिभ फ्लोट डण्डेक्स १.०९ अंकले घटेको छ ।

यस दिन १० वटा उप समूह घटेका छन् भने ३ उप समूह बढेका छन् । बैंकिङ ०.७६ प्रतिशतले,  वित्त ०.६४, होटल्स तथा पर्यटन समूह १.६४, जलविद्युत १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, उत्पादन र प्रशोधन २.२४, लघुवित्त ०.५४,निर्जीवन बीमा १.११ र अन्य समूह ०.९२ प्रतिशतले घटेका छन् । विकास बैंक ०.१४, म्युअुचल फण्ड ०.०१ र व्यापार समूह १.०९ प्रतिशतले बढेको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक बढेको देखिन्छ । यस बैंकको सेयर मूल्य १३.८१ प्रतिशतले बढेको छ । नेपाल लाईफ समृद्धि लगानी योजनाको ३.८७ प्रतिशतले बढेर खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै पाल्पा सिमेन्टस्को २० करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

Leave Your Comment

Related News