CLI

नेपाली सेनाद्वारा ४ हजारभन्दा बढी पदमा भर्ना खुला

काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य पदमा ४ हजार २२५ जना कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान गरेको छ।

जंगी अड्डाले देशभर रहेका पृतना, गण तथा बाहिनीहरूका लागि नयाँ भर्ना प्रक्रिया सुरु गर्दै दरखास्त खुला गरेको हो। यसअन्तर्गत सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी लगायतका पदमा कर्मचारी माग गरिएको छ।

उपत्यका पृतना नारायणहिटीका लागि ३०० जना, श्री राजदल गण ललितपुरका लागि १२५ जना, श्री मेहर गण धुलीखेलका लागि १०० जना तथा सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २५० जना माग गरिएको छ।

त्यसैगरी, सुर्खेतको निमारेस्थित श्री उत्तर–पश्चिम पृतना हेडक्वार्टरका लागि सबैभन्दा बढी ४०० जनाको माग गरिएको छ। अन्य विभिन्न गण तथा इकाइहरूमा पनि आवश्यकताअनुसार संख्यामा भर्ना खुलाइएको सेनाले जनाएको छ।

नेपाली सेनाले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई निर्धारित प्रक्रियाअनुसार आवेदन दिन आह्वान गरेको छ।

Leave Your Comment

Related News