CLI

१८ जना कार्यकारिणी सदस्य सहित एसाेसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसाेसियट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । आज सम्पन्न मत परिणाम अनुसार  पाण्डेले १०७९   मत प्राप्त गरी  विजयी भएका हुन् ।
हिजो सम्पन्न निर्वाचनमा उपाध्यक्षकी प्रत्याशी ज्योत्स्ना श्रेष्ठ सुब्बाले ७५० मत प्राप्त गरेकी छिन । एसोसियटको उपाध्यक्षको प्रत्यासी श्रेष्ट निबर्तमा कार्यसमितिको एसोसियट उपाध्यक्षमा कार्यरत रहेकी थिईन ।
यस्तै निर्वाचनमा  महिला सदस्यमा जमुना माथेमा र अभिज्ञा मल्ल विजयी भएका छन् ।  अभिज्ञा मल्लले १०१४      मत प्राप्त गरेकी छिन् भने माथेमाले  ११४६  मत प्राप्त गरेकी छिन । निर्वाचनमा जमुना पौडेलले ७०२ र  शोभा ज्ञवालीले७२१ मत प्राप्त गरेर पराजित भएका छन् ।
प्यानलगत रुपमा निर्वाचनमा होमिएका पाण्डे र श्रेष्ठले पाण्डे समुहबाट उपाध्क्ष सहित १८ जना कार्यकारीणि सदस्य निर्बाचित भएका छन् भने ज्योत्सना समुहबाट एसोसियट सदस्यमा एक जना मात्र जित हात पार्न सफल भएका छन्

Leave Your Comment

Related News