CLI

एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन

नयाँ दिल्ली । एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (इसीसीआइ इन्डिया ) ले आफनो नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (इसीसीआइ इन्डिया ) ले आफ्नो वार्षिक साधारण सभा यसै साता प्रतिष्ठित पीएचडी हाउसमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

प्रख्यात अन्तर्राष्ट्रिय योगगुरु तथा सफल व्यवसायिक व्यक्तित्व डा. मोहन कुमार कार्की लाई (इसीसीआइ इन्डिया ) का अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको छ। उहाँको दूरदर्शी नेतृत्व, अन्तर्राष्ट्रिय अनुभव तथा भारत–नेपालबीच व्यापारिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धताले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू क्रमशः दुर्गा प्रसाद सुवेदी (अन्तर्राष्ट्रिय मामिला) , मनोज कोटाल ( पश्चिम भारत), खुमानन्द पाण्डे (गणेश) ( मध्य भारत), प्रमोद खरेल ( उत्तर भारत),  राम नेपाल –(उत्तर भारत),  खिमराज बराल (पूर्वी भारत),  राजकुमार श्रेष्ठ ) ( नेपाल मामिला) चयन भएका हुन् ।

र महासचिवमा चन्द्र प्रसाद लामिछाने सह–महासचिवमा लक्ष्मण प्रसाद पाण्डे चयन भएका हुन् ।  सचिवहरूमा विष्णुमूर्ति बराल (महाराष्ट्र), विवेक शर्मा , सौरभ पोखरेल चयन भएका हुन् ।
कोषाध्यक्षमा चार्टर एकाउन्टेन सन्दीप कौशल र सह–कोषाध्यक्ष विष्णु पौडेल चयन भएका हुन् ।

उक्त सभा संस्थाको नेतृत्व सुदृढीकरण तथा भारत–नेपाल व्यापार सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धि साबित भएको छ।
उक्त संस्था मार्फत संस्था सदस्यहरूले आगामी कार्यकाल २०२६–२०२९ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेका छन्, जसले संस्थाभित्र एकता, विश्वास र साझा लक्ष्यप्रतिको प्रतिबद्धता झल्काउँछ।

 

Leave Your Comment

Related News