साताको सेयर बजार : नेप्से सँगै कारोबार रकममा उछाल

काठमाडौं । नयाँ सत्ता समिकरणसँग सेयर बजार निरन्तर बढेको छ । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्रीमा विष्ण पौडेलेको नियक्त सँगै सेयर बजारमा उछाल आएको छ । यो साता नेप्से परिसचक २४२४.३२ अंकले बढेको छ । गत साताको तलनामा यो साता २१९.७१ ऋंकले बढेको छ । गत साता २२०४.६१ अंकमा पग’र बन्द भएको थियो ।
सेन्सेटिभ इन्डेक्स पनि गत साताको तुलनामा यो साता ४४.४८ अंकले बढेको छ । गत साता ३९१.६६ अंकमा प’गेर बन्द भएको सेन्सेटिभ इन्डेक्स यो साता ४३६.१४ अंकमा पुगेर बन्द भएको छ ।
कारोबार रकम पनि गत साताको तुलनामा यो साता २४ अर्ब १६ करोड ५१ लाख रुपैयाँले बढेको छ । यो साता ५३ अर्ब ९ लाख ८६ हजार रुपैयाँ करोबार रकम रहेकोमा गत साता २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ रहेको छ । करोबार कित्ता गत साताको तुलनामा यो साता ७ करोड ३३ लाख ११ हजार ले बढी रहेको छ । यो साता १४ करोड ४९ लाख ९६ हजार ८६५ र गत साता ७ करोड १६ लाख८५ हजार ५३० कित्ता सेयर कारोबार भएको छ ।
गत साताको तुलनामा बजार पुँजीकरण रकम ३ खर्ब ४९ अर्ब ९७ करोड ५२ लाख रुपैयाँ बढेको छ । यो साता ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ बजार पुँजीकरण रकम रहेकोमा गत साता ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख रुपैयाँ बजार पुँजीकरण रकम रहेको थियो ।

१३ वटा समूह परिसूचकहरु यो साता बढेको छ । गत साताको तुलनामा यो साता १३ वटै समूह परिसूचकहरु बढेका हुन् । गत साताको तुलनामा यो साता बैकिङ १६७.२१, विकास बैक ४४१.९८, वित्त १८१.०५, होटल र पर्यटन ५४५.८४, जलविद्युत ३१०.२७, लगानी ७.०९, जीवन बीमा ७४७.३, उत्पादन र प्रशोधन ७१६९.१४ र लघुवित्त ३१२.७१ अंकले बढेको छ । त्यस्तै गत साताको तुलनमा यो साता म्युअुचल फन्ड ०.७९, निर्जीजन बीमा ७८२.१६, व्यापार ३८२.८६ र अन्य समूहपरिसूचक ११२.६८ अंकले बढेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार