काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको घाटा बढेको छ। गत वर्ष कम्पनी १ करोड २४ लाख ९३ हजार १५४ रुपैयाँ घाटामा रहेको थियो। अहिले नोक्सानी बढेर १ करोड ६२ लाख ६२ हजार ३८७ रुपैयाँ पुगेको छ ।
सञ्चालन आम्दानी घटेको कारण कम्पनीको घाटा बढेको हो। चालु आर्थिक वर्षमा कम्पनीले १ करोड १६ लाख ११ हजार २८५ रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको तुलनामा ४८.७० प्रतिशतले कम हो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी २ करोड २६ लाख ३७ हजार २३५ रुपैयाँ थियो ।
२ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.५७ रुपैयाँ ऋणात्मक छ । भने प्रतिसेयर नेटवर्थ ९१.९० रुपैयाँ रहेको छ।


