CLI

मूल्यसूची सबैले देख्ने गरी ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्यसूची सबैले देख्ने गरी ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन आग्रह गरेको छ । वैशाख २८ देखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन सरोकारावाला निकायमहरु सबैमा आग्रह गरिएको मन्त्रालयका शाखा अधिकृत सुसिल पकुवालले जानकारी दिए ।

‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने क्रममा मन्त्रालयले उद्योग, पैठकारीकर्ता, सप्लायर्स, खुद्रा विक्रेता लगायत सम्पूर्ण सेवाप्रदायक क्षेत्रका सम्बन्धित छाता संगठनले आफू मातहतका व्यापारी, व्यावसायीले उपलब्ध गराउने वस्तु तथा सेवाको अनिवार्य रुपले मूल्यसूची सबैले देख्ने गरी राख्न आह्वान गरेको छ ।

मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्श, महिला उद्यमी महासंघ, घरेलु तथा साना उद्योग महासंघ, काठमाडौं र उद्योग तथा व्यवसायी महासंघ, काठमाडौंलाई भने पत्राचार गरी ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउन आग्रह गरेको छ ।

Leave Your Comment

Related News