CLI

संसदमा विपक्षीले खोजे प्रधानमन्त्री बालेन्द्र शाहलाई

काठमाडौं । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन खोजेपछि प्रतिनिधि सभा बैठक विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले जवाफ दिन माग गरे ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने बताए पछि प्रतिपक्ष दल कांग्रेस, एमाले , श्रम संस्कृति र राप्रपाका सांसदहरु उठेर नियमापत्ति जनाएका छन् ।
विपक्षी सांसदहरूले नीति तथा कार्यक्रममा जवाफ दिनका लागि प्रधानमन्त्री शाह संसदमा उपस्थित गराउन माग गरेका छन् ।

नेता अर्जुनरसिंह केसीले संवैधानिक व्यवस्था अनुरुप विगतमा पनि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम जवाफ दिने प्रचलन रहेको हुँदा उपस्थित गराउन आग्रह गरे ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि आफैले ल्याएको नीति तथा कार्यक्रममा स्वयं प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताए । हिजो रास्वपा विपक्षीमा बस्दा पनि सोही माग गरेको कारण हाल पनि राप्रपा लगायतका विपक्षी माग पनि प्रधानमन्त्रीको जवाफ दिनु रहेको उनले बताए ।

 

Leave Your Comment

Related News