नेपाल लाइफ क्यापिटलको हकप्रद शेयर बोलकबोलमा किन्न पाइने

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको साधारणसभाबाट पारित भई १:०५ अर्थात ५०% ले हुन आउने प्रति शेयर अंकित मूल्य रु.१००/- दरको १४,९९, ५१८ कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो समय भित्रमा १०,९९, १२९ कित्ता हकप्रद साधारण शेयर खरिदका लागि मात्र  आवेदन प्राप्त भई   संचालक समितिको १०३औं बैठकले उक्त दरखास्त प्राप्त शेयरधनीहरुलाई माग बमोजिमको शेयर बाँडफाँड गरी सकेको छ  कम्पनीले सो समय भित्र माग हुन नआएको ४,००,३८९ कित्ता हकप्रद साधारण शेयर  हाल कायम संस्थापक शेयरधनीहरुलाई बोलकबोल बढाबढ गरी बिक्री गर्न लागेको छ ।

सो अबितरित हकप्रद शेयर खरिद गर्न चाहने बिध्यमान संस्थापक शेयरधनीले २०८१ साउन२२ गते कार्यलय समय भित्र आबेदन दिन भनेको छ ।

शेयर खरिदका लागि दरखास्त फारम लिने र बुझाउन नेपाल लाइफ क्यापिटल लिमिटेडको  कार्यालय, कमलपोखरी (सिटी सेन्टर), काठमाण्डौ तोकिएको छ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार