उदयपुर सिमेण्ट उद्योगको अध्यक्ष पदमा ४ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । उदयपुर सिमेण्ट उद्योगको रिक्त अध्यक्ष पदका लागि ४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्ष पदका लागि टेक बहादुर राउत, मित्र बहादुर विष्ट, परमेश्वर घिमिरे र रमेश तिवारी खत्रीले प्रतिस्पर्धा गर्न लागेका हुन् । राउत उदयपुर त्रियुगा ११, विष्ट मोरङ कानेपोखरी ६, घिमिरे उदयपुर त्रियुगा ११ र खत्री उदयपुर कटारी ३ का रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार दोस्रो सात अध्यक्ष पदका लागि आवेदन दिन आग्रह गरेको थियो । अध्यक्ष पदका लागि आवेदन परे सँगै मन्त्रालयले अन्तरवार्ता मिति समेत तय गरेको छ । अन्तरवार्ता शुक्रबार मन्त्रालयको सानो सभाहलमा हुने बताइएको छ । शुक्रबार अपरान्ह ३ बजे सुरु गरिने अन्तरवार्ता ३ : ४५ सम्म सञ्चालन गरिने भएको छ । अध्यक्षका प्रत्यासीहरुलाई १५ मिनेट अन्तरवार्ताको समय राखिएको मन्त्रालयले जनाएको छ । उद्योगमा अध्यक्ष पद रिक्त भए सँगै मन्त्रालयले असार २ गते अध्यक्ष पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार