CLI

संघीय संसदका दुवै सदनको वैठक बस्दै

काठमाडौं । संघिय संसदका प्रतिनिधिसभा  र राष्ट्रित सभाको बैठक बस्न लागेको छ । आजको प्रतिनिधसभाको बैठक दिनको ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक १।१५ बजे बस्न लागेको हो ।

आजको प्रतिनिधसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ । प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा. वाग्लेले जवाफ दिने तालिका छ ।

 

Leave Your Comment

Related News