काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीताराम साहले सप्तरीको अधिकांश स्थानमा नेपाल टेलिकम र एनसेलको भरपर्दो र गुणस्तरहीन रहेकोले त्यसको सुदृढीकरण गर्न माग गरे ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उनले सरकार डिजिटल नेपाल लक्ष्यको साथ अघि बढेको छ हाम्रो क्षेत्रको अधिकांश ठाँउमा नेपाल टेलिकम र एनसेलको भरपर्दो र गुणस्तरहीन रहेकोले त्यसको सुदृढीकरण र तीव्र गतिका इन्टरनेट व्यवस्थाका लागि आवश्यक रहेको भन्दै सरकारको ध्यानकर्षण गराउन चाहेको बताए ।
सांसद साहले सप्तरीमा रहेको भन्सार नाका बन्द गरेकोमा आपत्ति जनाए । ‘प्रतिस्पर्धात्मक अर्थतन्त्र निमार्णका लागि आर्थिक अवसरको लक्ष्य लिएको सरकारलाई सप्तरीमाको बेली र सोरनपट्टी छोटी भन्सार नाका समेत बन्द गर्ने अघिल्लो सरकारको निर्णय सच्चाई पुन सञ्चालनका लागि आग्रह गछु ,उनले भने ।
उनले सुकुम्बासीहरु विस्थापित हुने त्रासका कारण आन्दोलनमा उत्रिन वाध्य भएको बताए । सरकारले सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासको दीर्घकालीन रुपमा समाधान गर्ने लक्ष्य लिएको अवस्थामा पनि विस्थापित हुने डर,त्रासले आन्दोलनमा उत्रिन वाध्य भएका छन् । हाम्रो क्षेत्र लगायतका भूमिहीन सुकुम्बासीलाई विश्वसत पार्न सरकारसँग माग गर्दछु , उनले भने ।
सांसद साहले जनेजी आन्दोलन, घाइने , जेनजी अगुवा र संघसँग सरकारले गरेको सम्झौता पूर्ण रुपमा पालना गर्न सरकारको ध्यानकर्षण गर्न चाहेको बताए ।


