CLI

भोलिदेखि कालंगा हाइड्रोले थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको जेठ ८ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बझाङ जिल्लाका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरि दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

यस कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशतले हुने ४९ करोड बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

यी वाहेक पनि कम्पनीले १ लाख ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरि बाँकी रहेको २८ लाख ७० हजार कित्ता आईपीओ थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

थप सर्वसाधारणमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्नुपर्नेछ । यो आईपीओ निष्कासन बन्द छिटोमा जेठ १३ गतेका लागि तय गरिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २२ गतेसम्म निष्कासन लम्बिनेछ ।

Leave Your Comment

Related News