काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले प्रथम साधारणसभा बोलाएको छ।
ग्रामीण विकास लघुवित्तको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारणसभा बोलाएको हो।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र साविक समाज लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भएपछिको आर्थिक वर्ष २०८१/०८२ को प्रथम वार्षिक साधारणसभा असार १४ गते आइतबार बिहान ११ बजे बस्ने निर्णय गरेको हो।
सभा भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सिद्धार्थ कटेज रेष्टुरेन्ट, मिलच चोक, बुटवल–९, रुपन्देहीमा बस्नेछ। कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ २२ गते एक दिन बूक क्लोज गर्ने निर्णय समेत गरेको छ।


