काठमाडौं । सभामुख डोलप्रसाद(डीपी) अर्यालले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुगेका हुन्।
विपक्षीले सदन अवरोध गरेपछि बिहीबार नै उनले प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटपछि कार्यव्यवस्था परामर्श समिति बैठक राखेका हुन् ।
सभामुख अर्यालले बैठकमा प्रधानमन्त्री उपयुक्त समयमा आउने कुरा भएको जानकारी गराएका हुन् ।
सरकारको नीति तथा कार्यक्रमको छलफल तथा जवाफमा समेत संसदमा उपस्थित नभएका शाह त्यसपछि सदन छल्दै आएका छन्।
त्यसप्रति विपक्षी दलहरुले आपत्ति जनाउँदै सभामखुको भूमिकामा समेत प्रश्न उठाएपछि शाहलाई सदनमा आउन भन्न गएका थिए।


