काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा गरेको कुल लगानी ८ खर्ब नजिक पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन अनुरुप अस्तित्वमा रहेको ४५ वटा सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर लगानी रु. ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी रु. ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल रु. ७ खर्ब ९८ अर्ब ५६ करोड रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन्। अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए।


