काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९९ अंकले बढेको छ । बजार २७८२.१० विन्दुमा पुगेरा बन्द भएको छ । ३५४ वटा कम्पनीको ६० हजार ५६२ पटक्को कारोबार १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकम भने ६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।कारोबार रकम मंगलबारको तुलनामा बढेको छ । कारोबार रकम १ अर्ब १७ करोड ४६ हजारले बढेको छ । मंगलबार कारोबार रकम ४ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स १.२१ अकं, फ्लोट इण्डेक्स ०.४३ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.४३ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उप समूह बढेको छ भने ४ उप समूह घटेको छ। बैंकिङ ०.२७ प्रतिशत,विकास बैंक ०.१३, जलविद्युत ०.०६, लगानी ०.५७, जीवन बीमा ०.६८, लघुवित्त ०.३०, म्युअुचल फण्ड ०.३९, निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.७३ प्रतशतले बढेका छन् ।वित्त ०.३८, होटल्स तथा पर्यटन समूह ०.२४ उत्पादन र प्रशोधन ०.४३ र अन्य समूह ०.७३ प्रतिशतले घटेका छन् ।


