काठमाडौं । सरकारले नेपालको ऊर्जा क्षमतालाई उच्च प्रविधि (हाई–टेक) सेवामा रूपान्तरण गर्ने योजना अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको ऊर्जा शक्तिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा प्रविधि-आधारित उद्योगसँग जोडेर रोजगारी सिर्जना गर्ने घोषणा गरेका हुन्।
नेपालको ऊर्जा क्षेत्रलाई उच्च प्रविधि र एआई सेवामा रुपान्तरण गर्ने योजना


