CLI

सवारी साधन एसेम्बल उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । सकारले सवारी साधन एसेम्बल गरी उत्पादन गर्ने उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयक, २०८३ मा  अनएसेम्बल्ड अवस्थाका सवारी साधनहरू आयात गर्दा लागू हुने अन्तःशुल्कमा छुट दिइने जनाएको छ ।  यसअन्तर्गत HS कोड ८७.०२, ८७.०३ र ८७.११ अन्तर्गत पर्ने सवारी साधनहरूमा यो सुविधा लागू हुनेछ।

HS ८७.०२ अन्तर्गत ठूला यात्रुवाहक बस तथा मिनीबस, ८७.०३ अन्तर्गत कार, जीप, SUV र भ्यान, तथा ८७.११ अन्तर्गत मोटरसाइकल र स्कुटरजस्ता दुई तथा तीन पाङ्ग्रे सवारी साधनहरू पर्छन्।

त्यसैगरी, त्यस्ता उद्योगहरूले उत्पादन गरी बिक्री गर्ने तयारी सवारी साधनमा पनि अन्तःशुल्कमा ५० प्रतिशत छुट दिइने सरकारले जनाएको छ। यस नीतिलाई सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र औद्योगिक क्षेत्रलाई बलियो बनाउने कदमका रूपमा लिएको छ।

Leave Your Comment

Related News