CLI

विद्युतीय पूर्वाधारमा लगानीको लागि विद्युतमा कर लगाइएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले विद्युतीय पूर्वाधारमा लगानी गर्नका लागि विद्युतमा कर लगाइएको बताएका छन् । बजेट सार्वजनिक पछि आइतबार सञ्चारमाध्यमसँग छलफल गर्ने क्रममा उनले प्रसारण लाइन, ट्रान्सफर्मर क्षमता विकास लगायतका लागि विद्युतीय कर लगाइएको बताएका हुन् ।
ट्रान्सफर्मर, प्रसारण लाइन विकासको लागि ८५ अर्ब रकम आवश्यक भएको बताउदै उनले यसको विकासको लागि नेपालीको लगानी होस् भन्ने उद्देश्यले विद्युतमा कर लगाइएको बताए ।

Leave Your Comment

Related News