CLI

उच्च नोक्सानीमा रहेको ५ संस्थानमध्ये नेपाल वायुसेवा निगमको सबैभन्दा धेरै ? निगमको कति पुग्यो नोक्सानी ?

काठमाडौं ।नेपाल सरकारले लगानी गरेका सार्वजनिक संस्थानहरुको अवस्था जर्जर रहेको पाइन्छ । सरकारले सार्वजनिक संस्थानहरुमा मुनाफा लिने उद्देश्यले गरे पनि त्यसको विपरित नोक्सानीमा पुगेको छ । सुरुवाती समयमा संस्थानहरु नाफामा गए पनि पछिल्ला दशकमा जर्जर अवस्थामा पुगेको अर्थ मन्त्रालयका एक उपसचिवले बताए ।

संस्थानहरुको सेवा तथा उत्पादनहरु आवश्यक सामग्री भित्र परे पनि नाफामा जान नसक्नु भने आश्चार्यजनक विषय भएको नाम नराख्ने शर्तमा ती उपसचिव बताउछन् । ‘नेपालको एकमात्र ध्वजावाहक नेपाल वायुसेवा निगम लिमिटेड घाटामा जानुपर्ने कारण नभए पनि विगतमा भएका राजीतिकरणका कारण घाटामा गएको छ, ती उपसचिवले भने,‘निजी क्षेत्रको विमानलाई पोस्नका लागि निगमका जाहज थन्काएर राख्दा संस्था नै धरासायी बन्दै गएको हो ।’

मन्त्रालयका अनुसार ४५ वटा सार्वजनिक संस्थानमध्ये सबैभन्दा उच्च नोक्सानीमा गएको संस्थान नेपाल वायुसेवा निगम रहेको छ । आर्थिक वर्ष २०८१/८२ सम्म निगम १ अर्ब २३ करोड ३८ लाख, नेपाल खानेपानी संस्थान ८० करोड ७९ लाख, नेपाल दुग्ध विकास (डीडीसी) ४० करोड २१ लाख, हेटौंडा सिमेन्ट उद्योग ३१ करोड २४ लाख र उदयपुर सिमेन्ट उद्योग २८ करोड नोक्सानीमा रहेको छ । निगम पछि क्रमशः नेपाल खानेपानी संस्थान, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल दुग्ध विकास संस्थान उच्च नोक्सानीमा रहेका छन्।

निगम उच्च नोक्सानीमा जानुमा जहाज खरिद ऋणको साँवा ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निगमको वित्तीय अवस्था निरन्तर खस्कँदो रहनु रहेको छ। उच्च नोक्सानीमा रहेका संस्थानको वित्तीय अवस्था कमजोर हुनुका कारणमा क्रमशः उच्च महसुल बक्यौता एवं कमजोर समन्वय, न्यून क्षमता उपयोग एवं उच्च प्रशासनिक खर्च तथा परिवर्तित परिवेशमा प्रतिस्पर्धी क्षमता न्यून रहनु रहेका छन्। ऋणको साँवा ब्याज भुक्तानीमा कठिनाइ र व्यावसायिक योजनाको प्रभावकारी कार्यान्वयन हुन नसक्नु जस्ता कारणले समीक्षा अवधिमा संस्थानहरूको खुद तथा सञ्चित नोक्सानी बढ्दै गएकोले वित्तीय जोखिम बढेको छ।

कुल नोक्सानीमा यी संस्थानहरूको हिस्सा ९७.२६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा संस्थानहरुको कुल नोक्सानीमा यी ५ वटा संस्थाको हिस्सा ९६.६६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ९७.२६ प्रतिशत रहेको हो ।

Leave Your Comment

Related News