CLI

मोदीसँगको भेटमा रविले भने : नेपाल र भारत कूटनीति नयाँ युगमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

मोदीसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले एक घण्टाको भेटवार्तामा नेपाल र भारतको कुटनीति, विकास लगायतका विषयमा कुरा भएको बताएका छन् । उनले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गरेको बताएका हुन् ।

भेटपछि मोदीको एक्स (ट्विटर) पोस्टलाई सेयर गर्दै लामिछानेले लेखेका छन्–

आज सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टाको अत्यन्त उपयोगी र फलदायी वार्तामा सहभागी हुन पाउनु वास्तवमै ठूलो खुशीको विषय थियो।

म तपाईंको त्यो दृष्टिकोणसँग सहमत छु, जसमा नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने कुरा समावेश छ।

साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोरहरू र सहज कनेक्टिभिटीमा केन्द्रित भएर हामीले वास्तवमै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल र भारतका जनताका लागि साझा समृद्धिको दिशामा यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न उत्सुकता व्यक्त गरेको छ।

Leave Your Comment

Related News