काठमाडौं । नेकपा (एमाले)को ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको बैठकले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सचिवालय बैठकले उनलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ईलाम २ मा संबिधानसभा अध्यक्ष एमाले उपाध्यक्ष सुवास नेम्बाङको मृत्यु पछि उपचुनाब हुन लागेको हो । सुहाङ नेम्बाङ उनका कान्छा छोरा हुन् ।
सुहाङ नेम्बाङ फुटबल क्लब ‘स्पोर्टिङ इलाम डी मेची’ संचालन गरिरहेका छन् ,फुटबल क्लब उनले भर्खरै खरिद गरेका हुन् । भर्खरै नेकपा एमालेले उनलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको थियो । पेशाले उनी कानुन ब्यबसायी हुन् ।