CLI

विश्व वातावरण दिवस : बजारमुखी प्रविधिले होइन, मानव र प्रकृतिमैत्री अर्थतन्त्रले मात्र जलवायु न्याय सम्भव

gita-chaudhary

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर राजधानीमा एक दिने ‘युवा, लैङ्गिक समानता तथा जलवायु न्याय’ विषयक ह्याकाथन कार्यक्रम सम्पन्न भएको छ। युथ एड्भोकेसी नेपालको संयोजन तथा एक्सनएड नेपाल, महिला एकता समाज, नाफान, ग्लोबल पिस फाउन्डेसन, इन्टरनेसनल युथ सोसाइटी लगायतका संघसंस्थाहरूको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणीय मन्त्री गीता चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए तापनि यसको गम्भीर असरबाट नेपाल सबैभन्दा बढी पीडित भइरहेको बताइन्। जलवायु संकटको सामना गर्न नेपाल सरकारले स्पष्ट नीति, कार्यक्रम र योजनासहित अनुकूलन तथा न्यूनीकरणका कार्यहरूलाई तीव्रता दिइरहेको उनले बताइन् । मन्त्री चौधरीले जलवायु आन्दोलनमा युवाहरूको सक्रिय सहभागिताको आवश्यकतामाथि जोड दिँदै सम्मेलनबाट निस्कने निष्कर्ष र सुझावहरूलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित माननीय सांसद कमल सुवेदी, माननीय सांसद लक्ष्मीप्रसाद पोखरेल र अधिकारकर्मी रेनु श्रेष्ठले नेपालमा जलवायु न्यायको आवश्यकता तथा युवाको भूमिका औँल्याइन् ।

सीमान्तकृत समुदाय बढी जोखिममा, बजारमुखी समाधानप्रति आशंका

देशभरका २०० भन्दा बढी युवाहरूको सहभागिता रहेको उक्त सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव, बजार प्रवर्द्धित समाधानका उपायहरू, युवाको भूमिका, तथा नेपालमा पर्यावरणीय लोकतन्त्रका सम्भावना र चुनौतीका विषयहरूमा सघन प्यानल छलफलहरू सञ्चालन गरिएका थिए।

छलफलका क्रममा वक्ता तथा सहभागीहरूले जलवायु संकटले सबै वर्गलाई असर गरे तापनि समाजमा ऐतिहासिक रूपमा
सीमान्तकृत समुदाय बढी जोखिममा पर्ने बताएका हुन् ।

Leave Your Comment

Related News