काठमाडौं । नेपाल प्रहरीले ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो।
सरुवा भएका अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ।
सरुवा सूची अनुसार विभिन्न जिल्लाका इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग र प्रधान कार्यालयका विभिन्न विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।


