काठमाडौं । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् ।
“नहरमा पानी आएपछि धानखेती गर्न रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, पाल्हीनन्दन –४ पाल्हीमा खेत रोपाइँ गरिरहेको किसान रामसिंह कुर्मीले भने ।
नवलपरासीको पाल्हीमा धान रोपाइँ गर्दै गरेका किसान त्रिभुवन कुर्मीले भने । बीउ छोटो भए पनि खेतको छेउछाउका किसान रोप्न थालेको देखेर खेतमा ट्याक्टर जाने बाटो बन्द हुन्छ भनेर छोटो बीउ नै रोप्न थालेको बताए । अहिले यति बेला पश्चिम गण्डक नहरको उत्तरतर्फ नजिक रहेका र दक्षिणतर्फका अकिांश खेतमा किसानहरुले रोपाइँ गरिरहेका छन् ।
यस वर्ष गण्डक नहरमा पानी खोल्दा ३२ किमी गण्डक नहरमा ३६ घण्टामै नहर भरी पानी पुुगेको आफूलाई जानकारी आएपछि नहरको पानीबाट किसानले धान रोपाइँ गरेर लाभ लिनु भए छ पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिए ।


