काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गतको कसुरमा दीपक भट्ट, शुलभ अग्रवाल, बीमा प्राधिकरणका पूर्व अध्यक्ष मदन दाहाल र शरद ओझा सहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सम्पत्ति शुद्धीकरण तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गतको कसुर को मुद्दा दर्ता भएकोमा ३४ जना व्यक्ति र ५ वटा कम्पनी रहेका छन् । प्राकृति ब्यक्ति र कम्पनी गरि सो कसुरमा ३९ लनालाइ मुद्दा दायर गरिएको हो । उनीहरु विरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको जनाइएको छ ।
उनीहरुले गैरकानुनी स्रोतबाट आर्जित सम्पत्तिलाई वैध देखाएको दाबी गरिएको छ ।
कार्यालयले शुलभ अग्रवाल, दीपक भट्ट, सन्दीप चाचन अग्रवाल, शाहिल अग्रवाल, शेखर गोल्छा, हिमालयन रिइन्स्योरेन्सको सीईओ उपासना पौडेल, राज बहादुर शाह, नेपाल रिइन्स्योरेन्सका सीईओ सुरेन्द्र थापा, बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझा र मदन दाहाल लगायत ३९ जना विरुद्द दायर भएको छ ।
भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ भने शुलभ अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १ सय २४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ।
यस्तै शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम मुद्दा दायर गरिएको हो।
सो कसुरमा मुद्दा दर्ता भएका दीपक भट्ट र सहिल अग्रवाल थुनामा रहेका छन् भने शेखर गोल्छालाई हाजिरी जमानीमा छोडिएको छ ।


