सुजुकीको दुई पांग्रेमा समस्या, कम्पनीले ४ लाखभन्दा बढी दुई पांग्रे फिर्ता बोलायो

काठमाडौं । सुजुकीले करिब ४ लाख दुई पांग्रे सवारी फिर्ता बोलाएको छ। प्राविधिक समस्याका कारण सुजुकीले आफ्नो दुई पांग्रे फिर्ता बोलाएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

रिपोर्टका अनुसार सवारीलाई हार्ड–टेन्शन कोर्ड इग्निशन कोइल सम्बन्धित समस्याका कारण फिर्ता बोलाइएको हो। डिजाइनमा केही कमजोरीका कारण उपभोक्ताले स्ट्राटिङमा समस्या भोग्नु परेको छ।

कम्पनीको अनुसार सुजुकी एक्सेस २ लाख ६३ हजार यूनिट, एवेनिस ५२ हजार ५७८ यूनिट र ७२ हजार २५ यूनिट बर्गम्यान १२५ यस समस्याबाट प्रभावित भएको छ।

कम्पनीले ग्राहकलाई आफ्नो नजिकको सुजुकी सर्भिस सेन्टरमा आफ्नो दुई पांग्रो परीक्षण गर्न भनेको छ। सुजुकीले इग्निशन कोइलसँग सम्बन्धित हाई–टेन्शन कोर्डका कारण केही समस्या भएको बताएको छ।

रिपोर्टका अनुसार सुजुकीका यी दुई पांग्रेको हाई–टेन्शन कोर्डको ड्राइभिङ आवश्यकता अनुसार डिजाइन गरिएको छ। जसका कारण स्कुटरको तार चर्किन र फुट्ने समस्या आएको छ। जसले इन्जन स्टाल र स्टार्टिङमा समस्या आईरहेको छ।

यसका अतिरिक्त भाँचिएको हाई–टेन्शन कार्ड पानीको सम्पर्कमा आउँदा सवारीको स्पीड सेन्सर र थ्रोटल पोजिशन सेन्सरमा इग्निशन आउटपुट लीक हुँदा नोक्सन हुन सक्छ। जसको परिणामस्वरुप स्पीड डिस्प्लेले बन्द हुन्छ।

भी–स्ट्रोम ८०० डीई: कम्पनीले आफ्नो स्कुटरका साथै ५ मे २०२३ देखि २३ अप्रिल २०२४ मा बनेको सुजुकी भी–स्ट्रोम ८०० डीई पनि फिर्ता बोलाएको छ। कम्पनीका यी मोटरसाइलकको पछिल्लो टायर्समा केही म्यानुफ्याक्चरीङ डिफेक्ट छ। म्यानुफ्याक्चरीङ प्रोसेसमा कमजोरी हुँदा टायर ट्रेडमा धर्सा र सन्तुलनमा समस्या देखिएको छ। यस्तोमा कम्पनी समस्या देखिएको टायर परिवर्तन गर्ने निर्णय गरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार