CLI

दिपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपेका सुलभ अग्रवाल र दिपक भट्टलाई कारागार चलानको आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई कारागार चलानको आदेश दिएको हो । थुनछेक बहस सकिएसँगै उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान आदेश दएको हो ।

भट्ट र अग्रवालसमेतले विभिन्न बिमा कम्पनीहरुका साथै हिमालयन लार्जक्यापसमेतको सामुहिक कोषको रकम दुरुपयोग गरी कृतिम रुपमा धितोपत्र बजारको मुल्य उतारचढाव गराउने समेतका कसुर गरेको आरोप छ।

उनीहरुले समूह खडा गरेर आपराधिक षड्यन्त्र गर्ने, कोषको रकम अपचलन गर्ने, ब्रोकर नं ५५ को खातामा रकम जम्मा गराउने समेका कार्यमा संलग्नता रहेको भन्दै अभियोग दायर भएको छ।
प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो ।

Leave Your Comment

Related News