CLI

बैंक मौज्दात लगानीका लागि नेपाल बीमा प्राधिकरणद्वारा शिलबन्दी प्रस्ताव आह्वान

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आफ्नो बैंक मौज्दात रकम लगानी गर्न विभिन्न वाणिज्य बैंक तथा विकास बैंकबाट शिलबन्दी प्रस्ताव माग गरेको छ।

प्राधिकरणले लगानी नीति अनुसार मुद्दती निक्षेपमा रकम राख्नुपर्ने भएकाले इच्छुक बैंक तथा विकास बैंकलाई अधिकतम प्रतिफल (व्याजदर) उल्लेख गरी सात दिनभित्र शिलबन्दी दरखास्त पेश गर्न आह्वान गरेको छ। पेश गरिने प्रस्तावको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने व्यवस्था गरिएको छ।

प्राधिकरणका अनुसार बैंकहरूले प्रस्तावसँगै आफूले उपलब्ध गराउन सक्ने अधिकतम व्याजदर, पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सानको अवस्था, निष्क्रिय सम्पत्ति (एनपीए), कर्जा–निक्षेप अनुपात (सीडी रेसियो), बैंक स्थापना भएको वर्ष तथा पुँजी पर्याप्तता कोष (क्यापिटल एडिक्वेसी रेसियो) सम्बन्धी विवरण समेत खुलाउनुपर्नेछ।

प्राधिकरणले प्राप्त प्रस्तावको मूल्याङ्कन गरी लगानी नीति बमोजिम उपयुक्त बैंक छनोट गर्ने जनाएको छ।

Leave Your Comment

Related News