काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा २८ लाख कित्ता सर्वसाधारणमा वितरण गरिएको सेयर र ४२ लाख कित्ता संस्थापक समूहको सेयर रहेको छ । नेप्सेले कम्पनीलाई ‘YMHL’ सिम्बोल दिएको छ ।
यता, टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको कुल १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ । उक्त कम्पनीले ४२ लाख ३० हजार ६६८ कित्ता सर्वसाधारणमा वितरण गरेको सेयर र ७७ लाख ६९ हजार ३३२ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई ‘TPKHL’ सिम्बोल दिएको छ ।
पहिलो कारोबारको लागि नेप्सेले दुवै कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


