CLI

रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन विभिन्न दलका शीर्ष नेता चितवनमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी रहेको छ।

रास्वपाका अनुसार उद्घाटन सत्रमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा केहीबेरमा चितवन पुग्ने कार्यक्रम छ।

यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप कुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन्।

त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत पनि चितवन पुगिसकेका छन्।

रास्वपाले आफ्नो प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख दलका नेताहरूको उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो सिर्जना गरेको छ।

Leave Your Comment

Related News