RE
Global College

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन, विभिन्न दलका शीर्ष नेताहरूको सहभागिता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आज भरतपुरस्थित गेस्टहाउस चौरमा औपचारिक रुपमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह ले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशन उद्घाटन गरेका हुन ।

उद्घाटनका क्रममा मञ्चमा उपस्थित विभिन्न राजनीतिक दलका नेताहरुले पनि एकसाथ घण्टी बजाउँदै महाधिवेशनको शुभारम्भ गरेका थिए।

महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली, नेकपा नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत लगायतका नेताहरू सहभागी भएका छन्।

NECO

Leave Your Comment

Related News