RE
Global College

१.४६ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक १.४६ अंकले गटेर २७००.६५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३५३ वटा कम्पनीको ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । जुन शुक्रबारको तुलनामा ८ करोड ८४ लाख रुपैयाँले कमहो । शुक्रबार कारोबार रकम ४ अर्ब ५३ करोड ४९ लाख रुपैयाँ थियो ।

त्यसतै,  सेन्सेटिभ इन्डेक्स ०.०६ अंकले घटेर ४६३.८० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स सथर र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१० अंकले बढेको हो ।

१३ उप समूह मध्ये यस दिन १० उपसमूह घटेको छ। बैंक समूह ०.१० प्रतिशत, विकास बैंक ०.०७, होटेल र पर्यटन ०.१५, जलविद्युत ०.२०, जीवन बिमा ०.४५, लगानी०.०२, , उत्पादन र प्रशोधन ०.०६,  म्युचुअल फन्ड ०.६८, निर्जीवन बिमा ०.२१, र अन्य उपसमुह ०.२० प्रतिशतले घटेका छन।  वित्तिय १.०१ प्रतिशत, लघुवित्त ०.४२ र व्यापार ०.९२ प्रतिशत  बढेका छन।

यस दिन दुई स्टकको सेयर १५ प्रतिशतले बढेको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यी दुबै कम्पनीहरुको गत शुक्रबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका हुन्।

कारोबार रकमका आधारमा यस दिन सोपान फर्मास्यूटिकल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ४४ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ३० करोड रुपैयाँ नाघेको छ भने करिब २९ करोड रुपैयाँको १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ कारोबार भएको छ।

NECO

Leave Your Comment

Related News