CLI

स्वाभिमान लघुवित्तले असार ३० गते बोलायो साधारण सभा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते वार्षिका साधारण सभा बोलाएको छ । असार ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

पाँच जना सञ्चालकहरुको निर्वाचन प्रस्ताव गरेको कम्पनीले मर्जर तथा प्राप्ति प्रस्तावलाई पनि अघि सारेको छ । यदि मर्जर तथा प्राप्ति कार्य अघि बढाउने आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १९ गते शुक्रवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Leave Your Comment

Related News