CLI

२६.१६ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स २.३१, फ्लोट ईन्डेक्स १.६३ र सेन्सिटिभ फ्लोट ईन्डेक्स ०.८९ अंकले घटेको छ ।

१३ उपसमुह मध्य एक उपसमुह मात्र बढेको छ भने  बाँकी उपसमुहहरु घटेका छन् । बैंक ०.२९, विकास बैक ०.४३, वित्तिय १.२८, होटेल र पर्यटन १.११, जलविद्युत १.६३, लगानी १.०३, जीवन बिमा ०.८५, उत्पादन र प्रशोधन १.९२, लघु वित्त ०.६९, निर्जीवन बिमा १.०१, व्यापार १.५७, र अन्य उपसमुह ०.६७ प्रतिशतले घटेको छ । यस दिन म्युचुअल ०.४५ प्रतिशतले बढेको छ ।

मंगलबार कारोबार रकम पनि घटेको छ । ३५३ वटा कम्पनीको एक करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटक खरिद बिक्रि हुदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन सोमबारको तुलनामा ८ करोड ४४ लाख रुपैयाँले कम हो । हिजो ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ कारोबार भएको थियो ।

यस दिन तक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेड र याम्बालिङ हाईड्रोपावर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषको सेयर ५.९८ प्रतिशतले बढेको छ । र सिध्दार्थ ईन्भेस्टमेन्ट ग्रोथ सेम ३ को ५.४१ प्रतिशतले बढेको छ ।

यस दिन आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले ३४ करोड १६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । भने सोपान फार्मास्युटिकल्स लिमिटेडले १८ करोड ९० लाख ९८ हजार रुपैयाँको करोबार गरेको छ । र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले १७ करोड २४ लाख ९५ हजार रुपैयाँ कारोबार गरेको छ ।

Leave Your Comment

Related News