CLI

२ अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक२.०० अंकले घटेर २६४९.५१ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स ०.५५, फ्लोट इन्डेक्स ०.३२, र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेको छ ।

यस दिन कारोबार रकम भने बढेको छ । ३५९ वटा कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३९ हजार ५४६ पटक खरिद बिक्रि हुँदा ३ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ कारोबार भएको छ ।  बिहीबार २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कारोबार भएको थियो ।

१३ उप समूहमा ५ उप समूह बढेका छन् भने ८ उपसमुह घटेका छन् । बैंक ०.०६,  विकास बैंक ०.२७, वित्तिय ०.३१, लगानी ०.५८, जीवन बीमा ०.०५, निर्माण र प्रशोधन ०.३८, लघुवित्त ०.५६, र अन्य उप समूह ०.०७ प्रतिशतले घटेको छ । भने होटेल र पर्यटन ०.२३, जलविद्युत ०.०६, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा ०.५४, र ब्यापार १.०८ प्रतिशतले बढेको छ ।

यस दिन ३ कम्पनी १५ प्रतीशतले बढेको छ ।  स्नो रिभर्स लिमिटेड , तक्सार पिखुवा खोला हाइड्रोइपावर लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेडको सेयर १५  प्रतिशतले बढेको छ ।

यस दिन ग्लोवल आइएमई बैंक लिमिटेड २०८६\८७ ले ३३ कारोड १६ लाख ५७ हजार रुपैयाँ कारोबार गरेको छ । त्यस्तै ग्लोवल आइएमई बैंक डिबेञ्चर २०८४\८५ ले २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ कारोबार गरेको छ ।  ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ ले २२ करोड ३४ लाख १६ हजार रुपैयाँ कारोबार गरेको छ ।

Leave Your Comment

Related News