CLI

किसानले मल र बीउ पाएनन्, सरकारले गम्भीरता देखाओस् : प्रचण्ड

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै उनले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव भएको बताएका हुन् ।

तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको भन्दै संयोजक प्रचण्डले असन्तुष्टि व्यक्त गरे। उनले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

प्रचण्डले यो विशेष दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने विश्वास व्यक्त गरे। उनले देशका सम्पूर्ण कृषकहरूमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना समेत व्यक्त गरेका छन्।

Leave Your Comment

Related News