CLI

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार

काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी  चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो

Leave Your Comment

Related News