CLI

बाढी, पहिरो तथा वर्षाको मध्यनजर गरी सेवा प्रदान गर्न प्राधिकरणको आग्रह

काठमाडौं ।नेपाल विद्युत प्रधिकरणले वर्षा र त्यसले निम्त्याउन सक्ने विपद्को मध्यनजर गरी विद्युत सुचारु गर्न निर्देशनालयहरूलाई आग्रह गरेको छ । देशको विभिन्न जिल्लाहरुमा हुन सक्ने भारी वर्षा र त्यसको प्रभावलाई ध्यनमा राख्दै  विद्युत सेवा प्रसारण गर्न प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विभागका अनुसार १६ र १७ गते कोशी,मधेश, बाग्मती, गण्डकी तथा सुदुरपश्चिम प्रदेश तथा देशका अन्य विभिन्न जिल्लाहरुमा  मेघ गर्जन \चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । वर्षाको कारण  बाढी, पहिरो, चट्याङ तथा सडक अबरोधको ख्यालमा राखी आम उपभोक्तालाई निरन्तर, सुरक्षित र भरपर्दो सेवा प्रदान गराउन प्राधिकरणले सम्बन्धित  निकायलाई  निर्देशन दिएको छ ।

 

Leave Your Comment

Related News