काठमाडौं ।एशियन लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रिमा रहेको छ । मंगलबार कम्पनीले आफ्नो १८ हजार १०१ कित्ता संस्थापक शेयर बिक्रि खुला गरेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले ३५ (पैतिस) दिन भित्र आवश्यक कागजातको प्रमाण पुर्याई कम्पनीको केन्द्रिय कार्यालय मैतीदेवीमा आवेदन दिनुपर्ने छ ।
शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । सो अनुसार नै शेयर खरिद गर्न सकिनेछ ।
निर्धारित म्यादसम्म कुनैपनि शेयरधनीको आवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्रि खुला गर्ने छ ।


