काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स ३.०४, फ्लोट ईन्डेक्स १.५२, र सेन्सिटिभ फ्लोट ईन्डेक्स १.१० अंकले घटेको छ ।
यस दिन कारोबार रकम ५८ करोड ६९ लाखले बढेको छ । यस दिन ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर ७९ हजार २८६ पटक खरिद बिक्रि हुँदा ३ अर्ब २५ करोड ८७ लाख बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब ६७ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो ।
यस दिन १३ वटै उपसमूह घटेका छन् । बैंक ०.७३, विकास बैंक ०.०१, वित्तिय १.००, होटेल र पर्यटन ०.९३, जलविद्युत १.४३, लगानी ०.७४, जीवन बीमा ०.५६, निर्माण र प्रशोधन १.२०, लघुवित्त ०.५६, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.६१, व्यापार १.७४ र अन्य उपसमूह १.३१ प्रतिशतले घटेको छ ।
यस दिन स्नो रिभर लिमिटेडको सेयर १५ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलप्मेन्ट बैंक लिमिटेडको १३.०४ र श्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडको १०.८० प्रतिशतले सेयर बढेको छ ।
यस दिन १३ करोड ३९ लाख बराबर कारोबार गरेर शिध्दार्थ बैंक लिमिटेड पहिलो स्थानमा छ । तक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले ११ करोड ३२ लाख ७८ हजारको कारोबार गरेको छ । त्यस्तै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले ९८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।


