CLI

करिब ९ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पतिसूचक ८.७८ अंकले बढेर २६६१.७१ बिनदुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ ईन्डेक्स३.८९, फ्लोट ईन्डेक्स ०.९९, र सेन्सिटिभ फ्लोट ईन्डेक्स १.३९ अंकले बढेको छ ।

यस दिन कारोबार रकम २५ करोड ६६ लाख रुपैयाँले बढेको छ । ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर ४३ हजार १३१ पटक खरिद बिक्रि हुँदा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार ३ अर्ब ८६ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।

१३ उप समूहमा ८ उपसमूह घटेका छन् भने ५ उपसमूह बढेको छ । यस दिन बैंक २.०४, वित्तिय ०.२८, जीवन बीमा ०.१६, लघुवित्त ०.०५, म्युचुअल फन्ड ०.०६, प्रतिशतले बढेको छ । विकास बैंक ०.११, होटेल र पर्यटन ०.१३, जलविद्युत ०.२६, लगानी ०.०३, निर्माण र प्रशोधन ०.८६, निर्जीवन बीमा ०.३४, व्यापार ०.५०, र अन्य उपसमूह ०.२० प्रतिशतले घटेको छ ।

यस दिन तीन कम्पनीको शेयर १५ प्रतिशतले बढेको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, कालंगा हाइड्रो लिमिटेड र स्नो रिभर्स लोमिटेडको शेयर १५ प्रतिशतले बढेको हो । त्यस्तै सानिगड हाइड्रो लिमिटेडको शेयर १४.९७ प्रतिशतले बढेको छ ।

यस दिन लाक्ष्मी सनराइज बैंक लिमिटेडले ४१ करोड ३२ लाख २४ हजार रुपैयाँको कारोबार गरेर पहिलो स्थानमा छ । १० प्रतिशत एनआइसी एशिया डिभेञ्चर २०८५\८६ ले ४० करोड ७७ लाख ५० हजार रुपैयाँको कारोबार गरेको छ । त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले १६ करोड ९४ लाख ७० हजार रुपैयाँ कारोबार गरेको छ ।

Leave Your Comment

Related News