CLI
Global College

वाणिज्य बैंकहरुको नाफा १९.३२ प्रतिशतले बढ्यो,कुन बैंकको कति ? (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२\८३ को ११ महिना (साउन–जेठ)सम्म साढे ६४ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको जेठसम्म ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो वर्ष २०८१।८२ को जेठसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो  आवको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १९.६२ प्रतिशतले बढेको छ।

२० वाणिज्य बैंक हरु मध्य सबै भन्दा बढी  नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक पहिलोमा  रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म १५ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ५ वटाको घटेको छ।

यस अवधिसम्म नबिल बैंकले ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ३२.५२ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.९६ प्रतिशतले घटेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ११६८.४५ प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरुमा यो वृद्धिदर सर्वाधिक हो।

त्यसमीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले ५० करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

 

Leave Your Comment

Related News