CLI

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश अस्पताल बीच सम्झौता

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेत बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता-पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेश अस्पतालका कर्मचारीहरुका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्नुका साथै सहुलियत दरमा अन्य बैंकिङ्ग सेवासुविधा उपलब्ध गराउनेछ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।

 

Leave Your Comment

Related News