CLI

सेयर लगानीकर्ताद्धारा धितोपत्र बोर्ड कार्यालय घेराउको तयारी

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय घेरेका छन् ।

मंगलबार बिहान उनीहरू बोर्डको कार्यालय घेर्न पुगेका हुन् ।

सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको केन्द्रीय कार्यालय पुगेका थिए ।

सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अङ्कले घटेर २५७० बिन्दुमा झरेको छ ।

 

Leave Your Comment

Related News